
काठमाडौं, २३ मंसिर । सरकारले तोकेको धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै अखिल नेपाल किसान महासंघले माइतीघरमा धर्ना दिएको छ ।
कार्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरेको थियो । जस अनुसार मोटा धानको मूल्य २९ सय ६७ र मध्यम धानको ३१ सय २८ रूपैयाँ तोके पनि कार्यान्वयनमा ढिलाई भएको भन्दै अखिल नेपाल किसान महासंघले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको हो ।
मंसिरको अन्तिम हप्तासम्म पनि सरकारी निकायले धान खरिद प्रक्रिया सुरू नगरेका कारण किसानहरू व्यापारीलाई सस्तो मूल्यमा धान बेच्न बाध्य भएको उनीहरूको गुनासो छ ।
महासंघले मंसिर २५ गते खाद्य व्यवस्था तथा व्यापार कम्पनीको देशरभर रहेको कार्यालय तथा डिपोमा धर्ना दिदै तालाबन्दी गर्ने जनाएको छ । निर्धारित आन्दोलनको अवधिभित्र धान खरिद प्रक्रिया सुरु नगरिए दोस्रो चरणको आन्दोलन सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ ।















प्रतिक्रिया