
काठमाडौं, २३ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले मुलुकमा संघीयताको औचित्य नभएको बताइका छन् ।
रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यलयले कपिलवस्तुमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता विप्लवले वर्तमान संघीयता जनताको लागी नभई नेता व्यवस्थापनको मात्र भएकाले मुलुकमा संघीयताको औचित्य नभएको बताएका हुन् ।
महासचिव चन्दले प्रदेश र संघको निर्वाचनमा आएको मतपरिणामले दलहरूको औचित्य नभएको प्रस्ट पारेको बताए । उनले राज्य आर्थिक संकटको भुमरीमा फसेकोले राज्यले विशेष आर्थिक नीति नल्याए नेपाल श्रीलंका भन्दा थप सङ्कटमा पर्ने समेत उल्लेख गरेका छन् ।
महासचिव चन्दले हालै सम्पन्न निर्वाचनले जनतामा खुसी र उल्लास नछाएको भन्दै दल र दलका नेताहरू सुध्रिनुपर्नेमा जोड दिएका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा गरिएको ३ बुँदे सहमति गरिएको र वर्तमान सरकारसँग पनि सहमति कार्यान्वयन गर्नका लागि विभिन्न कोणबाट छलफल भइरहेको जानकारी उनले दिएका छन् ।
आफूहरूले थालेको क्रान्ति मान्छे मार्ने नभई वैज्ञानिक समाजवाद ल्याएर आर्थिक क्रान्ती गरी देशको स्वाधीन अर्थतन्त्रको क्रान्ति गरेको उनको भनाइ थियो । नेपालमा कम्युनिष्टहरू बलियो हुदाँ कम्युनिष्ट र देश सिध्याउन चाहने विदेशी शक्तिहरूको निन्द्रा हराम भएको भन्दै उनले नेपालमा कम्युनिष्ट पार्टीहरू एक हुनुपर्नेमा जोड दिए ।















प्रतिक्रिया