
काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुन: वितरण सुरू भएको छ । शुक्रबार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुन: वितरण सुरु गरेका हुन् ।
शुक्रबारदेखि तेस्रोपटक मेलम्चीको पानी वितरण थालिएको हो । उक्त कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भएपनि पानी खुवाउने प्रतिवद्धता जनाए ।
मेलम्चीको खानेपानी आजबाट तेस्रोपटक पुन: वितरण सुरु भएको हो । महांकालस्थित पाटीट्यांकीबाट धारामा पानी पठाइएको हो । चरणबद्ध रूपमा महाँकाल पानीट्यांकीबाट ८५ लाख लिटर, ललितपुरको खुमलटारबाट एक करोड ९० लाख लिटर, काठमाडौंको बालाजुबाट ३६ लाख, कीर्तिपुरबाट ६० लाख, भक्तपुरको टिगानी, मध्यपुर थिमि, नयाँपोखरीबाट ३० लाख, कटुञ्जेबाट ६० लाख, काठमाडौंको बाँसबारी, महाराजगन्जबाट २० लाख, पानीपोखरीबाट ४५ लाख, मीनभवनबाट ३० लाख र अनामनगरबाट २७ लाख गरी कुल पाँच करोड ८३ लाख लिटर पानी वितरण हुने केयूकेएलले जनाएको छ ।















प्रतिक्रिया