३० आश्विन २०८३, शुक्रबार

प्रधानन्यायाधीस प्रवेश गर्ने सर्वोच्चको गेटमा ताला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । सर्वोच्च अदालतमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद सचिवालयले बुधबार निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाभियोग निष्प्रभावि भएको पत्र पठाएसँगै कानूनी र राजनीतिक वृत्तमा हलचल आएको छ ।

महाभियोग निष्प्रभावि भएको पत्र पाएसँगै सर्वोच्च फर्कने निर्णय गरेका जबराविरुद्व कानून व्यवसायीहरुले फेरि आन्दोलन सुरु गरेका छन् । उनीहरुले जबरालाई सर्वोच्च प्रवेश नदिने भन्दै बुधबारदेखि पुन सर्वोच्चको गेटमा धर्ना दिइरहेका छन् ।

अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ ।