३० आश्विन २०८३, शुक्रबार

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाले शनिबारका बिहान ११ बजेका लागि केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठकले प्रतिनिधि तथा प्रदेश सभातर्फको समानुपातिक सांसद टुंगो लगाउने बताइएको छ । राप्रपाले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ १७ समानुपातिक सांसदको टुंगो लगाउनुपर्ने छ ।

साथै बैठकले निर्वाचनको समिक्षा गर्ने पनि जानकारी दिइएको छ ।