
काठमाडौं, २३ मंसिर । निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग पत्र निष्प्रभावि भएको पत्र संसद सचिवालयले पठाएपछि सर्वोच्च फर्कने बताएका जबरालाई रोक्न आज पनि नेपाल बार एसोसियनले सर्वोच्च अदालतको गेटमा धर्ना दिँदैछ ।
जबरा बुधबार नै सर्वोच्च जाने बताइएकोमा सो दिन भने गएनन् । जबराको राजीनामा माग्दै गत वर्ष कात्तिक दोस्रो सातादेखि आन्दोलित बारले फागुन १ मा उनीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता भएपछि १०९ औं दिनमा आन्दोलन रोकेको थियो ।
फेरि महाअभियोग निष्प्रभावित भएको पत्रपछि जबरा सर्वोच्च फर्कने बताएपछि बारले आन्दोलन पुन: सुरू गरेको हो ।
संसद सचिवालयले असंवैधानिक रूपमा पत्र लेखेकाले त्यसका आधारमा जबरालाई सर्वोच्च अदालत छिर्न नदिइने बारका पदाधिकारीहरुले बताएका छन् ।















प्रतिक्रिया