१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय विभूति भृकुटीको शालिक अनावरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । राष्ट्रिय विभूति भृकुटीको शालिक भृकुटीमण्डपमा स्थापना गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रिय विभूति भृकटीको शालिक अनावरण गरिन् ।

शालिक अनावरणपछि मन्त्री रेग्मीले नेपालकी राजकुमारी भृकुटीको विबाह चिनियाँ शासक श्रङ चङ्गम्पोसँग भएपछि नेपाल र चीनको दौत्य सम्बन्ध स्थापित भएको भन्दै भृकुटीको शालिक निर्माण गरेपछि भृकुटी को हुन भन्नेबारे सबैले जानकारी पाउने बताइन् ।

उनले राष्ट्रिय विभूतिहरुलाई चिनाउनु राज्यको दायित्व र कर्तव्य भएको बताउँदै संस्कृतिलाई बिर्सिन थाले देशमा पाश्चात्य संस्कृतिको हाबी हुने बताइन् । राष्ट्रिय विभूति र संस्कृतिको संरुक्षणमा जुट्न पनि उनले आग्रह गरेकी छिन् ।

उनले हरेक संस्कृतिको धरोहरहरुको खोजि गरी संरक्षण सम्वर्द्धनमा लाग्नुपर्नेमा जोड दिएकी छिन् ।