१ कार्तिक २०८३, आइतबार

प्रदर्शनमा योमरी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर : हरिराम भेटुवाल/रासस

काठमाडौं, २२ मंसिर । उन्नाइसौँ राष्ट्रिय ज्यापू दिवस तथा योमरी पूर्णिमाका अवसरमा बिहीबार बसन्तपुरमा आयोजित सांस्कृतिक र्‍यालीमा योमरी प्रदर्शन गरिएको छ ।

नेवार समुदायमा बिहान सबेरै योमरी पकाई देवीदेवतालाई चढाई हर्ष र उल्लासका साथ योमरी पूर्णिमा मनाउने परम्परा छ ।

केटाकेटीदेखि बूढाबूढीसम्मले मनपराउने भएकाले यस रोटीको नाम योमरी रहेको बताइन्छ । नेवारीमा ‘यो’ को अर्थ ‘मन पराउनु’ र ‘मरी’ लाई ‘रोटी’ भनिन्छ । चामलको पिठोभित्र चाकु र खुवा हालेर अण्डाकार रूपमा डल्लो बनाइएको परिकारलाई योमरी भनिन्छ ।

ज्यापु दिवस एवम् योमरी पूर्णिमाका अवसरमार काठमाडौंका नेवार समुदायले चामलको पिठोबाट बनाइएको परिकार योमरीसहित र्‍याली पनि निकालेका थिए । र्‍यालीमा सहभागीहरू नेवार समुदायको परम्परागत पोशाकमा सजिएका थिए । र्‍याली बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।