
काठमाडौं, २२ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ ।
सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार दिउँसो १ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षका साथै भावी सरकार गठनलगायत विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।















प्रतिक्रिया