१ मंसिर २०८३, मंगलबार

विदेशमा कमाएको पैसा घर आउँदा नपाएपछि श्रीमतीको विभत्स हत्या

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, २२ मंसिर । सुदूर पश्चिमको सुर्खेतमा वैदेशिक रोजगारबाट फर्किएका एक जनाले आफ्नो श्रीमतको विभत्स हत्या गरेका छन् ।

लामो समय वैदेशिक रोजगारबाट फर्केका जिल्लाको पञ्चपुरी नगरपालिका ३ को तोक्मा गाउँका स्थानीय ३८ वर्षीय अम्मरबहादुर आले मगरले आफ्नै श्रीमती ३० वर्षीया मिना आलेको विभत्स हत्या गरेका हुन् ।

लामो समय विदेशमा बसेर कमाएर पठाएको पैसा घर आउँदा नपाएपछि घरायसी विवाद चर्किदै गर्दा घटना घटेको हुनसक्ने प्रहरीको पारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘उहाँ आले ८/९ वर्ष विदेश बसेर आउनु भएको रहेछ । घर फर्कदा त्यो पैसा नदेखिएपछि त्यस कुरामा उनीहरुबीच घरयासी विवाद भइरहेको रहेछ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने, उहाँले श्रीमतीमाथी पनि शंका गरिरहनु भएको रहेछ । विरानो फोनहरु आउने गरेपछि आलेले श्रीमतीको गतिविधि नियाल्दै शंका गर्दै आइरहेका रहेछन् । घरयासी विवादले नै घटना घटाएको पारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

आलेले श्रीमतीको हत्या गरी टाउको पलाष्टिकमा राखेर प्रहरी कार्यालय हिँडेर आउँदै गर्दा उनलाई बाटैमा पक्राउ गरिएको प्रमुख विष्टले बताए ।

आलेले श्रीमतीको खुकुरी प्रहार गरेर घाँटी काटेर टाउको पलाष्टिकको थैलोमा बोकेर प्रहरी समक्ष आत्मसमर्पण गर्न आउँदै गर्दा स्थानीय स्वास्थचौकी नजिकबाट प्रहरीले पक्राउ गरेको विष्टले बताए ।

पक्राउ परेका आलेमाथि ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । आले दुबई, मलेसिया हुँदै केहि महिना भारतमा मजदुरीको काम गरेर करिब एक वर्ष अघिमात्रै गाउँ फर्किएको प्रहरीले जनाएको छ ।

आलेले आफ्नै श्रीमतीको हत्या गरेर प्रहरी समक्ष जान श्रीमतीको टाउको पलास्टिकको थैलोमा बोकेर हिड्दै गरेको तस्वीर सामाजिक सञ्जालमा छरपस्ट भएको छ भने श्रीमतीको विभत्स हत्या गर्ने आलेलाई कडा कारबाही हुनुपर्ने भन्दै मानव अधिकारकर्मीहरुले आवाज उठाइरहेका छन् ।