३० आश्विन २०८३, शुक्रबार

एमालेले बोलायो सचिवालय बैठक

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताइएको छ । एमालेले समानुपातिकतर्फ पाएको मतका आधारमा ३४ सांसद निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगले ३ दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरू मध्येबाट क्लस्टर मिलाएर पार्टीले प्राप्त गरेको सिटमा नाम पठाउन बुधबार पत्र पठाएको हो ।