३० आश्विन २०८३, शुक्रबार

हत्या आरोपमा वर्तमान र निवर्तमान वडाध्यक्ष पक्राउ

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ मंसिर । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर-४ का वडाध्यक्ष र निवर्तमान वडाध्यक्ष हत्या आरोपमा पक्राउ परेका छन् ।

स्थानीय ४० वर्षीय नरसिंह विष्टको हत्या आरोपमा वर्तमान वडाध्यक्ष झनसिंह विष्ट र निवर्तमान वडाध्यक्ष संग्रामसिंह विष्टसहित मोहनसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

मङ्सिर ३ गते रातिदेखि बेपत्ता भएका नरसिंहको हत्या गरिएको अवस्थामा ४ गते शव फेला परेको थियो ।

पक्राउ परेका वडाध्यक्ष र पूर्ववडाध्यक्षसहित तीन जनालाई ५ दिनको म्याद थप गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीले यसअघि नै सोही ठाउँका २५ वर्षीय दीपक विष्टलाई पक्राउ गरिसकेको छ ।