३० आश्विन २०८३, शुक्रबार

संसद सचिवालयलाई सर्वोच्चले सोध्यो प्रश्न

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराविरुद्वको महाअभियोग निष्क्रिय भएको पत्र पठाउने संसद सचिवालयका महासचिव भरतराज गौतमलाई सर्वोच्च अदालतले पत्र लेख्दै प्रश्न सोधेको छ ।

संसदका महासचिव भरतराज पौडेलले बुधबार निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र लेखेका थिए ।  त्यस लगत्तै सर्वोच्चको फुलकोर्ट बसेको थियो ।

०७८ फागुन १ मा दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा महाअभियोग सिफारिस समितिबाट प्रतिनिधिसभामा पेश भएको भनिएको प्रतिवेदन उपरको कारबाहीको निरन्तरता अहिले कायम छ वा छैन ? सर्वोच्चले पहिलो प्रश्न गरेको छ । यस्तै, नयाँ प्रतिनिधिसभामा सो प्रस्ताव पेश हुन्छ वा हुन्न ? सर्वोच्चले गौतमलाई दोस्रो प्रश्न गरेको छ ।

जबरामाथिको महाअभियोग निष्प्रभावी भएको भन्दै संसदका महासचिव भरतराज गौतमले सर्वोच्चमा पत्र पठाएपछि राजनीति र कानुनी वृत्त तरंगित भएको छ।