
काठमाडौं, २१ मंसिर । हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ ।
नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो । अदानचुली गाउँपालिकाको मुने लेकनजिकैको आकाशमा चरा ठोक्किएको हो ।
दिउँसो करिब १ बजेतिर चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ। जहाजलाई सुरक्षित रुपमा सिमकोट विमानस्थलमा अवतरण गराइएको छ।
जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना थिए ।















प्रतिक्रिया