३० आश्विन २०८३, शुक्रबार

जबरालाई रोक्न सर्वोच्चको गेटमा बारको धर्ना सुरु

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । महाअभियोग निष्क्रिय भएसँगै सर्वोच्च फर्कने तयारी गरेका प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च छिर्न नदिन धर्ना दिइएको छ ।

कानुन व्यवसायीहरूले यसअघि पनि जबरालाई राक्न भन्दै लामो समय सर्वोच्चमा धर्ना दिएका थिए । जबरा आजैदेखि नियमित कामकाजमा फर्किने तयारी गरेपछि सर्वोच्च बारका पदाधिकारीहरु अवरोधका लागि सर्वोच्चको गेटमा धर्ना बसेका हुन् ।

जबरालाई आज संसद सचिवालयले महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि जबरा सर्वोच्च फर्कन लागेका हुन् ।

जबराविरुद्ध सत्तारुढ दलहरू कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत वर्षको फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता गराएका थिए ।

महाअभियोग दर्ता भएपछि जबरा स्वतस् निलम्बनमा परेका थिए ।