३० आश्विन २०८३, शुक्रबार

बञ्चरेडाँडामा सीसीटीभी जडान गरेर कार्यकक्षबाटै निगरानी गर्छन मेयर बालेन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं महानगरपालिकाले सीसीटीभि जडान गरेको छ ।

फोहोर बिसर्जनका क्रममा लापरवाही भएको गुनासो आएपछि महानगरपालिकाले सीसीटीभी जडान गरेको हो ।

महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले कार्यकक्षबाटै निगरानी गर्ने गरी क्यामेरा जडान गरिएको महानगरपालिकाले जनाएको छ ।

ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्दा भइरहेको सम्पूर्ण गतिविधिबारे महानगरबाटै निगरानी गर्न सकिनेछ ।

विगत १७ वर्षदेखि ल्याण्डफिल साइटमा उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर विसर्जन हुदै आएको छ ।