
काठमाडौं, २१ मंसिर । काठमाडौं महानगरपालिकाले महानगरभित्रका सरकारी, गैर सरकारी तथा निजी कार्यालयहरुले आफ्नो कार्यालयको परिसरमा थुप्रिएको फोहोर ३५ दिनभित्र हटाउन अन्टिमेटम दिएको छ ।
महानगरले आज सूचना जारी गर्दै ३५ दिन भित्र फोहोर हटाउन अल्टिमेटम दिएको हो । महानगरपालिकाले विभिन्न कार्यालय परिसरमा थुप्रिएको फोहोर र पुराना उपकरणका कारण सिंगो नगरकै सुन्दरतामा आँच पुगेको बताएको छ ।
फोहोर व्यवस्थापन नगरे कानून अनुसार कारबाही तथा जरिवाना तिराउने चेतावनी समेत महानगरपालिकाले दिएको छ ।
सरकारी, संस्थान तथा गैरसरकारी संस्थाहरुका कार्यालय परिसरमा वर्षौंदेखि पुराना गाडी तथा उपकरण र नकुहिने फोहोर थुप्रिएको छ ।















प्रतिक्रिया