३० आश्विन २०८३, शुक्रबार

आईसीसी विश्वकप लिग टु: आज नेपाल र नामिबिया भिड्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ मंसिर । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा आज नेपाल र नामिबिया भिड्दैछन् ।

विश्वकप लिग टु का लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज तेस्रो खेल खेल्न लागेको हो । नेपाल र नामिबिया बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १:४५ बाट सुरु हुनेछ ।

दुई खेल खेलेको नेपालले १ मा हार तथा १ मा अंक बाँडेको छ । नामिबियाले ३ खेल खेल्दा १ मा जित, १ मा हार र १ मा अंक बाडेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २२ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २९ खेलमा ३५ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।