१ कार्तिक २०८३, आइतबार

दीपक मनाङ्गेले भने- मुख्यमन्त्री दिए पनि बन्दिन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङले आफू पदका लागि पार्टी प्रवेश गरेको भन्नु गलत भएको बताएका छन् ।

मंगलबार समाजवादी पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा गुरुङले आफू जनताको सेवाका लागि पार्टी प्रवेश गरेको भन्दै पदको कुनै लोभ नभएको बताएका हुन् ।

अब एकीकृत समाजवादी छाडेको खण्डमा आफुले राजनीति नै नगर्ने उनले बताए । गुरुङले यसअघि आफ्नै कारणले गठबन्धनले सरकार बनाउन सकेको भन्दै ठूला–ठूला मन्त्रालयहरुको अफर आए पनि आफूले युवा तथा खेलकुद मन्त्रालय नै रोजेको खुलासा गरे ।

उनले आफू मुख्यमन्त्रीको दाबेदार नभएको पनि स्पष्ट पारेका छन् । गुरुङलाई पार्टी कार्यालयमा समाजवादीका महासचिव बेदुराम भुसाल लगायतले स्वागत गरेका थिए ।

गुरुङलाई स्वागत गर्दै भुसालले विगतलाई लिएर धेरै टीकाटिप्पणी गर्नु उचित नभएको धारणा व्यक्त गरे ।