१ कार्तिक २०८३, आइतबार

काठमाडौंमा खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रधानमन्त्री शेरबहादुर देउवालाई मङगलबार बालुवाटारमा काठमाडौँबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरूले मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण गराउँर्दै । काठमाडौँ क्षेत्र नं १ बाट निर्वाचित सांसद प्रकाशमान सिंह, काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित प्रदीप पौडेल लागयत सांसदहरू । तस्वीर : रासस

काठमाडौं, २० मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौँको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण पत्र बुझाइएको छ ।

काठमाडौँका जनप्रतिनिधिको तर्फबाट हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आज ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रतिनिधिमण्डलले काठमाडौँमा खानेपानीको समस्या समाधानका लागि मेलम्ची खानेपानी आयोजनालाई दीर्घकालीन रुपमा अघि बढाउनुपर्नेलगायतका माग राखेको छ ।

मागका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै यस सम्बन्धमा सरकारले तत्काल आवश्यक निर्णय गर्ने जानकारी गराएका छन् ।