३० आश्विन २०८३, शुक्रबार

सन्दीप लामिछाने प्रकरण: युवतीले दिइन झनै कडा बयान

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० मंसिर । बलात्कार आरोपमा पूर्पक्षका लागि कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्व किशोरीले झनै कडा बयान दिएकी छिन् ।

अदालतमा बकपत्र दिने क्रममा किशोरीले यसअघि प्रहरी र सरकारी वकिललाई दिएको बयान भन्दा पनि कडा बकपत्र दिएकी हुन् । योसँगै किशोरीले बयान फेर्न सक्ने आश गरिएकोमा त्यो पनि समाप्त भएको बताइएको छ ।

उनले लेखेर घोकाइएको झैँ खरर बकपत्र दिएकी थिइन् । जसबाट उनलाई घोकाइएको हो कि भन्ने आशंका बढेको पनि स्रोत बताउँछ । उनले अदालतमा दिएको बकपत्रमा जाहेरी दिँदा उल्लेख गरेका कतिपय कुरासँग भने बाझिएको बताइएको छ ।

किशोरी अहिले माइती नेपालको संरक्षणमा रहेकी छिन् । उनलाई माइती नेपालले बन्धक शैलीमा राखेकोसमेत बताइएको छ ।

किशोरी माइती नेपालबाट बाहिर निस्कन खोजेपनि उनलाई निस्कन नदिइएको स्रोतले जानकारी दिएको छ । यतिसम्म कि उनलाई कसैसँग भेटसम्म गर्न दिइएको छैन ।