१ कार्तिक २०८३, आइतबार

जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा लम्बियो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । फिफा विश्वकप कतार २०२२ अन्तर्गत जापान र क्रोएसियाबीच जारी अन्तिम १६ चरणको खेल अतिरिक्त समयमा लम्बिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी स्कोर बनाएपछि खेलमा ३० मिनेट समय थपिएको हो ।

यो खेलको विजेता टोलीले क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ । यसअघि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा फ्रान्स र इंग्ल्यान्ड क्वाटरफाइनलमा खेल्ने पक्का भइसकेको छ ।