१ कार्तिक २०८३, आइतबार

एमाले अध्यक्ष ओलीले योगेश भट्टराईलाई दिए बधाई

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टी सचिव एवम् युवा नेता योगेश भट्टराईलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सोमबार बिहान ओलीलाई भेट्न बालोकोट पुगेका भट्टराईलाई ओलीले निर्वाचन जितेकामा बधाई दिँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय अभियानलाई सार्थक बनाउन सफलता प्राप्त होस् भनी शुभकामना व्यक्त गरेका हुन् ।

निर्वाचनपछि पहिलोपल्ट भएको भेटमा बधाई तथा शुभकामना साटासाट गरिनाका साथै समसामयिक विषयमा पनि छलफल भएको थियो ।

भेटमा नेता भट्टराईले बदलिदो राजनीतिक परिवेशमा एमालेले अब चाल्नुपर्ने राजनीतिक कदमबारे अध्यक्ष ओलीसमक्ष आफ्नो विचार व्यक्त गरेको बताइएको छ ।