१५ कार्तिक २०८३, आइतबार

दोलखालाई केन्द्रविन्दु बनाएर फेरि ५.१ रेक्टरको भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampaकाठमाडौँ, ३० वैशाख । आज बिहानदेखि मध्याह्न १ बजेसम्मको अवधिमा ४ रिक्टर स्केलभन्दा माथिका पराकम्पका सात झड्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ती झड्काको पुष्टि गर्दै अधिकांश पराकम्प दोलखा केन्द्रविन्दु भई महसुस गरिएको जनाएको छ । बिहान ८ः०८ मा ४.४, ८ः२८ मा ४.४, १०ः३३ मा ४.६, १२ः२२ मा ४.८, १२ः३४ मा ४.६, १२ः३८ मा ५.१ रिक्टर स्केलका भूकम्प दोलखा केन्द्रविन्दु भई गएका हुन् ।

मङ्गलबार मध्याह्न पनि दोलखा र सिन्धुपाल्चोकको सिमानामा ६.८ रिक्टर स्केलको पराकम्प गएको थियो । यस्तै, आजै १२ः११ बजे भने सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.७ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रको लाजिम्पाटस्थित कार्यालयमा इन्टरनेट समस्याका कारण वेबसाइटमा नियमित समावेश गर्न नसकिएको बुझिएको छ । रासस