काठमाडौँ, ३० बैशाख । मंगलबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिको विवरण आउने क्रम जारी छ ।
अहिलेसम्म ६५ जनाको ज्यान गएको पुष्टि भएको छ । दोलखामा सबैभन्दा बढी ३६ जनाको ज्यान गएको छ । सिन्धुपाल्चोकमा पनि ११ जना भन्दा बढीको ज्यान गएको छ ।
पछिल्लो विवरण यस्तो छः
दोलखामा मात्रै ३६ जनाको मृत्यु
मङ्गलबार गएको शक्तिशाली पराकम्पनपछि दोलखामा मात्रै ३६ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल अधिकारीका अनुसार दोलखामा यसअघि विनाशकारी भूकम्पबाट जोगिएका घरहरु मङ्गलबारको शक्तिशाली पराकम्पनपछि पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
यसैगरी दोलखामा उद्धारका लागि गएको अमेरिकी हेलिकप्टर मङ्गलबार अपराह्नदेखि सुनखानी आसपास क्षेत्रमा सम्पर्कविहीन भएपछि खोजीका लागि नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ गएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोकमा ११ को मृत्यु
यसैगरी पराकम्पनपछि सिन्धुपाल्चोकमा ११ जनाको मृत्यु भएको छ भने एकसयभन्दा बढी गम्भीर घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार जिल्ला सदरमुकामलगायत सबै गाविस प्रभावित भएको र १२ गतेको भूकम्पबाट बचेको घरहरु मङ्गलबारको पराकम्पनपछि क्षतिग्रस्त बनेका छन् ।
जिल्लामा १२ गतेको भूकम्पमा परी तीन हजार २१३ र मङ्गलबार गएको पराकम्पनपछि ११ गरी तीन हजार २२४ जनाको मृत्यु भइसकेको छ ।
रसुवामा भीषण पहिरो
यस्तै मङ्गलबार गएको भीषण पराकम्पनका कारण जिल्लाका विभिन्न स्थानमा ठूला ठूला पहिरो गएका छन् ।
प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराइका अनुसार गोसाइकुण्ड, स्याफ्रुवेसी, हाकु, मैलुङलगायतका स्थानमा ठूला पहिरो गएको भए पनि हालसम्म मानवीय क्षति भएको छैन ।
यसअघि १२ गते आएको भूकम्पमा परी जिल्लामा ५६४ जनाको मृत्यु भएको र रसुवागढी, लाङटाङ, मैलुङलगायत क्षेत्रमा खोजीकार्य जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
अन्य जिल्लाको अबस्था
काठमाडौं उपत्यकामा ७ जनाको मृत्यु
सिन्धुलीमा ३ जना
रामेछाप २
सुनसरीमा १
धनुषा १
रौतहट १
गोरखा १
सर्लाही १
काठमाडौँ :
बालाजुमा पाँच तले घरले किचेर एक जनाको मृत्यु ।
टेकुमा पर्खाल भत्किएर ११ बर्षीया बालिका जुनी जैसवाल र सुन्दरीजलमा एक बृद्धाको मृत्यु ।
नयाँबजार टाउन प्लान निवासी ७८ वर्षीया नरमाया घलेको भूकम्पपछि हृदयघात भएर मृत्यु ।
नयाँबजार ४ तले घर ध्वस्त, उक्त घरले मोटरसाइकलमा सवार एक व्यक्ति र केही बटुवाहरुलाई पुरेको स्थानीयको अनुमान ।
सामाखुशीमा एक बालक पुरिए, उद्धार प्रयास जारी ।
ललितपुरको ओमकार पोलिक्लिनिकको ४ तले भवन पूर्ण रुपमा ध्वस्त, ललितपुरमा १०७ घाइते ।
काठमाडौँको गोंगबू क्षेत्रमा फेरि क्षति पुगेको छ । एउटा गेस्ट हाउसमा तीन जना पुरिएको आशंकामा उद्धार कार्य जारी राखिएको छ । गोंगबु क्षेत्रका ५० वटा भन्दा बढी घरमा क्षति पुगेको बताइएको छ ।
भक्तपुरमा ३२ जना भूकम्पमा घाइते ।
रामेछापमा ठूलो पहिरो ।
सिंहदरबारको मुख्य भवनमा थप क्षति ।
विद्यालयहरु थप २ साताका लागि बन्द ।
भूकम्पपछि संसदमा सभासदको भागाभाग ।
सोलुखुम्बुमा मानवीय क्षति छैनः प्रमुख जिल्ला अधिकारी,
भूकम्पछि बन्द भएको विमानस्थल खुल्यो
सुनसरीमा एकको मृत्यु, भागदौडमा तीन घाइते ।
रौतहटमा १ महिलाको मृत्यु, ५ घाइते ।
भूकम्प लगत्तै मन्त्रिपरिषदको बैठक सिंहदरबारमा । मंगलबारको भूकम्पबाट २६ जिल्ला प्रभावित भएको गृहमन्त्री वामदेव गौतमबाट प्रधानमन्त्रीलाई जानकारी । दोलखा र सिन्धुपाल्चोकमा धेरै क्षति ।
प्राकृतिक विपत्ति सामान्य नभएकाले सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालको भनाइ । पीडितहरुको उद्धारका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालमा उद्धारका लागि तयार रहन आफ्ना अधिकारीहरुलाई निर्देशन ।
अमेरिकी भूगर्भ विभागले ७.४ रेक्टरको भनेपनि ६.८ रेक्टरको भएको नेपालस्थित भूकम्प मापन केन्द्रको भनाइ ।
त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आजको भूकम्पमा परेर घाइते भएका ५७ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेहरुको उपचारका लागि अस्पताल बाहिर खुला चौरमा शिविर खडा गरिएको छ ।
काभ्रे – आजको भूकम्पमा परेर यस जिल्लाका विभिन्न भागबाट ल्याइएका घाइतेमध्ये २७ जना धुलिखेल अस्पताल र बाँकीको बनेपास्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुर – भूकम्पबाट मध्यपुर थिमी नगरपालिका वडा नं ७ स्थित जितबहादुर चित्रकारको घर भत्किँदा पुरानो थिमी जाने सडक अवरुद्ध हुनुका साथै त्यस क्षेत्रमा धेरै घरहरु चर्किएका छन् ।
सुनसरी – यस जिल्लामा आज भूकम्पबाट रामधुनी भासी नपा–५ का ६५ वर्षीया देवी कुमारी राईको मृत्यु हुनाका साथै पाँच जना घाइते भएका छन्
स्याङ्जा- वालिङबाट पोखरा जाँदै गरेको ट्याक्सीमा पुतलीबजार नगरपालिका ७ भालु पहाडको भीरबाट ढुँगा खसेर लागेपछि दुईजना गम्भीर घाइते । घाइते हुनेहरुमा वालिङ नगरपालिका-८ बस्ने बर्ष ३६ का ख्यामप्रसाद काफ्ले र बर्ष २३ की अनु गिरी ।
लमजुङ- भूकम्पको कम्पनले घर ढल्दा सुन्दरवजार नगरपालिका वडा न १ मा विद्युत सर्ट भएर एक घर ध्वस्त । भागदौडका संस्कृति सदन अर्चलेनीमा एक विद्यार्थीको हात भाँचियो । बेसीशहरमा एउटा घर भत्कियो ।
सिन्धुलीको मझुवामा ढुंगा खसेर स्थानीय इश्वरी खतिवडाको मृत्यु भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जाति गाविस वडा नम्बर-३ चित्रे बजार नजिक मध्यभोटेकोशी साइट नम्बर १२ मा ३ जना चिनियाँ मुलका नागरिक पुरिएको आशंका छ ।
संसदमा भागदौड
व्यवस्थापिका संसदको बैठक चल्दै गर्दा शक्तिशाली भूकम्प गएपछि संविधानसभामा भागदौड । भागदौड मच्चिएपछि आज १ बजेसम्मको लागि बैठक स्थगित ।
धक्का बंगलादेशसम्म
मंगलबार गएको ६.८ रेक्टर स्केल को भूकम्पको असर चीनदेखि भारतमा पनि । भारतको उत्तरी र पूर्वी भागमा असर । यसको धक्का बंगलादेशसम्म पुगेको थियो । भारतको विहारमा भूकम्पमा परी १० जनाको मृत्यु ।













प्रतिक्रिया