२९ आश्विन २०८३, बिहिबार

मलेसियामा २ नेपाली सुरक्षा गार्ड मृत फेला, अर्का एक नेपाली पक्राउ

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । मलेसियामा दुई जना नेपाली सुरक्षा गार्ड मृत फेला परेका छन् ।

मलेसियाको तमान पेरिन्डस्ट्रियन अकल्यान्डमा उनीहरु मृत भेटिएको मलेसियाका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनीहरुको शरिरमा चोट देखिएकाले हत्याको आशंका गरिएको छ । मृतकहरु ३५ र ४६ वर्षको भएको बताइएको छ। उनीहरुको नाम खुलाइएको छैन ।

प्रहरीले अर्का एक नेपालीलाई पक्राउ गरेको छ । पक्राउ परेका नेपाली सोही कम्पनीमा क्यान्टिन चलाउँदै आएका बताइएको छ ।