३० आश्विन २०८३, शुक्रबार

मंगलबार भूकम्प जान्छ भनी यसअघि नै भनेका थिए नेपाली ज्योतिषीले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr.Sunil

काठमाडौँ, २९ बैशाख । मंगलबार नेपालमा शक्तिशाली भूकम्प जान्छ भनेर यसअघि नै नेपालका एक जना ज्योतिषीले भविष्यवाणी गरेका थिए ।

संयोग पनि मान्नुपर्छ, उनले गरेको भविष्यवाणीलाई मंगलबारको भूकम्पले पुष्टि गरिदिएको छ ।

डा. सुनिल सिटौला नामक ज्योतिषीले बैशाख २९ र ३० गते भूकम्प जाने भनी यसअघि नै सामाजिक सञ्जाल ट्वीटरबाट दाबी गरेका थिए । उनले आफ्नो यो भविष्यवाणीलाई अतिरञ्जीत नगर्न आग्रह समेत गरेका थिए ।

डा सुनिल नेपालका विभिन्न टेलिभिजन तथा रेडियोमा ज्योतिषीसम्बन्धी कार्यक्रम संचालन गर्ने गर्छन् ।