
काठमाडौं, १६ मंसिर । बिहीबार धनगढीमा विद्यालय जाँदै गरेकी चेतना साउँदको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि चर्किएको प्रदर्शन रोकिएको छ ।
प्रशासन र मृतकका आफन्तबीच सहमति भएपछि प्रदर्शन रोकिएको हो । सहमतिपछि आफन्तले शव बुझेका छन् । शवको आजै दाहसंस्कार गरिएको छ ।
दुई पक्षीय सहमतिमा ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमालमाथि मुद्दा दर्ता गर्ने सहमति भएको छ ।
धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतनाको ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित भएका थिए ।
निषेधाज्ञाबीच प्रदर्शनले उग्र रूप लिएपछि आज प्रहरीले हवाई फायर तथा ३७ सेल अश्रुग्याँस प्रहार गरेको थियो भने २१ जनालाई नियन्त्रणमा लिएको थियो ।















प्रतिक्रिया