२९ आश्विन २०८३, बिहिबार

रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न प्रहरीलाई पत्र, प्रहरीले थाल्यो अनुसन्धान

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ ।

प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रकृया पुरा नगरेको साथै अमेरिकी पासपोर्ट परित्या नगरी नेपाली पासपोर्ट लिएको समाचार सञ्चारमाध्यममा आएका थिए ।

निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो ।

प्रशासनको पत्र आएपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । नागरिकता र पासपोर्टका सम्बन्धमा लामिछाने दोषी ठहरिए कैद वा जरिवान हुन सक्नेछ ।