२९ आश्विन २०८३, बिहिबार

धनगढी झनै तनावग्रस्त, प्रहरीद्वारा ७ राउण्ड हवाई फायर

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । धनगढीमा बिहीबार बालिकाको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि चर्किएको प्रदर्शन शुक्रबार झनै उग्र बनेको छ ।

जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरूले प्रदर्शन गरिहेका छन् । आज विद्यार्थीसँगै अभिभावकहरुमा पनि प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शन उत्रिएका केही विद्यार्थीलाई प्रहरीले नियन्त्रण्मा लिएपछि अभिभावकहरु पनि प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनलाई नियन्त्रण बाहिर पुगेपछि प्रहरीले अहिलेसम्म ७ राउण्ड हवाई फायर गरिसकेको छ ।

बिहीबार बिहान पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको ग्रेडरको ठक्करबाट मृत्यु भएको थियो ।