२९ आश्विन २०८३, बिहिबार

कपिलवस्तुमा एक व्यक्तिमाथि गोली प्रहार

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । कपिलवस्तुमा एक व्यक्तिमाथि गोली प्रहार भएको छ ।

मायादेवी गाउँपालिका-४ चाकरचौडामा ३५ वर्षीय ईरशाद खान माथि गोली प्रहार भएको हो ।

गोली प्रहार भएका व्यक्ति भारतीय हुन् । उनी भारत सिद्धार्थनगर जिल्लाको अलिगढवा निवासी भएको प्रहरीले जानकारी दिएको छ ।

उनको काँध र कम्मरमा गोली लागेको छ । कसले गोली प्रहार गरेको भन्ने खुल्न सकेको छैन । गोली प्रहार गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।