
काठमाडौं, १६ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि उडान प्रभावित हुने भएको छ ।
विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने भएकाले उडान प्रभावित हुने भएको हो ।
बिहीबारदेखि सुरु भएको ‘कमिसनिङ–क्यालिब्रेसन’ उडानले नियमिततर्फका ३ सय ९० उडान प्रभावित हुने छन् ।
क्यालिब्रेसन फ्लाइटका लागि थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्याण्ड लिमिटेडको विशेष विमान मंसिर २ गतेदेखि नेपालमा छ ।















प्रतिक्रिया