
काठमाडौं, १६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरु हुँदैछन् । शुक्रबार समूह ‘एच’ र समूह ‘जी’ को दुई/दुई खेलहरु हुनेछन् ।
आजको पहिलो खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ । पोर्चुगलले नकआउट चरणमा स्थान बनाईसकेको छ ।
यस्तै समूह ‘जी’ अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२:४५ बजे सुरु हुनेछ ।
यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।















प्रतिक्रिया