
काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेका बेला आगामी सरकार गठनका लागि मुख्य राजनीतिक दलहरुको दौडधुप बाक्लिएको छ ।
मुख्य राजनीतिक दलका शीर्ष नेताहरुले साना दलका नेताहरुलाई फकाउने क्रम बढेको छ । यसैबीच बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा देउवाले राउतलाई आगामी सरकार निर्माणका लागि सहयोग गर्न आग्रह गरेका थिए । राउतले पनि गठबन्धनमा सामेल हुन तयार रहेको बताएका थिए ।
यस्तै, बिहीबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच पनि भेटवार्ता भएको छ ।
दुई नेताबीच आगामी सरकार गठनकै विषयमा छलफल भएको जानकारी दिइएको छ ।
यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–
१. गठबन्धनलाई निरन्तरता : माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस उपसभापति पूर्णबहादुर खड्काबीच आगामी सरकार गठनका विषयमा छलफल, अहिलेकै गठबन्धनबाट नयाँ सरकार भन्ने प्रचण्डको दाबी ।
२. सीके राउत र प्रधानमन्त्री देउवाबीच भेट : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जनमत पार्टीकाअध्यक्ष सीके राउतबालुवाटार पुगे, गठबन्धनमा सामेल हुनतयार रहेको भनाइ ।
३. मन्त्रीकार्कीको सकसपूर्ण जित : सूचना तथा सञ्चार प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट विजयी, १ सय १२ मतले एमालेका जगदीश प्रसाद कुसयैत पराजित ।
४. धाँदलीपछि पुन:मतदान : मंसिर ४ को निर्वाचनमा सत्ता गठबन्धनले दोलखामा धाँदली गरेपछि दुई गाउँपालिकाका १० वटा मतदान केन्द्रमा आज पुन: मतदान सम्पन्न । स्याङ्जा र बाजुरामा मतगणना जारी ।
५. एमाले बन्यो प्रमुख पार्टी : प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले पायो सर्वाधिक लोकप्रिय मत, कांग्रेस दोस्रो, माओवादी तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा ।
६. कला र संस्कृतिहाम्रो पहिचान : कला र संस्कृतिले विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई, कला, संस्कृति र सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड ।
७. दुर्घटनामा बालिकाको मृत्यु : ग्रेडरको ठक्करबाट एक बालिकाको मृत्युपछि धनगढी दिनभर तनावग्रस्त, आन्दोलनकारीले शव उठाउन दिएनन् ।
८. सशस्त्रका जवानबाटै हत्या ! : बैतडीमा २१ वर्षीया माया लोहारको हत्या भएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान,सशस्त्र प्रहरी बलका जवानले नै हत्या गरेको प्रारम्भिक अनुसन्धानको निष्कर्ष ।
९. नाफामा प्राधिकरण : देशमाविद्यु्त् उत्पादनको क्षमता वृद्धिसँगै नेपाल विद्युत् प्राधिकरण नाफामा, तीन महिनामै कमायो साढे ८ अर्बरुपैयाँ।
१०. सङ्कट होइन चुनौती हो : मुलुकको अर्थतन्त्र सङ्कटमा नभएको अर्थमन्त्रीजनार्दन शर्माको प्रष्टोक्ति, अर्थतन्त्रमाभएको चुनौतीलाई सङ्कटका रुपमा प्रचार गरेकामा असन्तुष्ट ।
११. हत्याआरोपमा वडाध्यक्ष पक्राउ : चेतन ऐडीको हत्या आरोपमा बाजुराको त्रिवेणी नगरपालिका–७ का वडाअध्यक्ष जुद्धबहादुर ऐडी पक्राउ, जुद्धबहादुर यसअघि पनि कुटपिटको आरोपमा पक्राउ परेको प्रहरीको भनाइ ।
१२. कोरोनाको कहर अझै बाँकी : बुधबार नेपालमाथप ५ जनामाकोरोना संक्रमण पुष्टिहुँदा२४ जना संक्रमणमुक्त, हालसम्म १२ हजार १९ जनाले गुमाएज्यान ।
१३. बढ्यो नेप्से परिसूचक : बिहीबार सेयर बजारको नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढ्यो, १अर्ब ३२ करोड रुपैयाँ बराबरको शेयर कारोबार ।
१४. लुम्बिनी विजयी : यू–१९पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले हरायो प्रदेश १ लाई, पाँच खेलमा लुम्बिनीले निकाल्यो चौथो जित ।
१५. पाकिस्तानमा मृत्यु, अफगानिस्तानमा आत्मसमर्पण : पाकिस्तानी सेना र लडाकूबीच भएको झडपमा परी पाकिस्तानमा दुई जनाकोे मृत्यु,अफगानिस्तानको पञ्जशिर प्रान्तमा १३ जना लडाकूद्वारा आत्मसमर्पण ।















प्रतिक्रिया