
काठमाडौं, १५ मंसिर । जुम्लामा नराम्रो हार ब्यहोरेपछि जुम्ला माओवादी केन्द्रमा हलचल मच्चिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीले गठबन्धनकातर्फबाट उम्मेदवार रहेकी गोमा कुँवरलाई पराजित गरेपछि पार्टीमै हलचल मच्चिएको हो ।
पार्टीले हार ब्यहोरेपछि धर्मराएको माओवादीले जुम्ला इन्चार्ज नै परिवर्तन गरेको छ । माओवादीले जुम्ला इन्चार्ज नरेश भण्डारीलाई बनाएको हो ।
केन्द्रीय सदस्य भण्डारीलाई माओवादीका प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले जिल्ला इञ्चार्जको जिम्मेवारी दिएका हुन् । यसअघि जुम्ला इन्चार्जमा माओवादी नेता गजेन्द्रबहादुर महत थिए ।















प्रतिक्रिया