२९ आश्विन २०८३, बिहिबार

थप पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नेपालमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ३३७ पीसीआर परीक्षणका क्रममा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख ५३ हजार १०५ पुगेको छ । कोरोनाका कारण बिहीबार कसैको मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।