
काठमाडौं, १५ मंसिर । बैतडीमा युवतीको घाँटी रेटेर हत्या गरिएको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको अवास्थामा बुधबार शव फेला परेको थियो । अर्की युवती १५ वर्षीया नेहा लुहार भने घाइते अवस्थामा फेला परेकी थिइन् ।
घटनाको अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नेतृत्वको टोली बैतडी पुगेको छ ।
युवतीको हत्यामा एक सशस्त्र जवानको संलग्नता हुन सक्ने प्रहरीले आशंका रहेको छ । जवान अहिले फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हत्या गरिएकी लुहार मंसिर ४ को निर्वाचनमा म्यादी प्रहरी बनेर खटिएकी थिइन् ।















प्रतिक्रिया