२९ आश्विन २०८३, बिहिबार

सहमति जुट्न नसक्दा बाजुराको मतगणना अनिश्चित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । बाजुराको मतगणना अनिश्चित बनेको छ । निर्वाचन आयोगले बुधबार मतगणना गर्न निर्देशन दिएपनि बाजुरामा अझै मतगणना सुरु हुन सकेको छैन ।

नेकपा एमाले सर्वदलीय बैठकमा सहभागी नै नभएपछि मतगणना अनिश्चित बनेको हो । बुधबार साँझको सर्वदलीय बैठक राखिएकोमा एमाले उपस्थित नभएपछि बिहीबार बिहानका लागि बोलाइएको थियो ।

आज बिहान बैठकमा एमाले सहभागी भएपनि सहमति जुट्न नसक्दा मतगणना अनिश्चित बनेको हो ।

एमालेले भने चेतन ऐडीको हत्यामा संलग्नलाई कारबाही नगरेसम्म मतगणना हुन नसक्ने बताउँदै आएको छ ।

मंसिर ४ गते कांग्रेसका कार्यकर्ताले कुटपिट गरेर अनेरास्वबियुका नेता ऐडीको हत्या गरेका थिए ।