२९ आश्विन २०८३, बिहिबार

बाजुराको मतगणना अझै अनिश्चित, सर्वदलीय बैठकमा गएन एमाले

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपनि बाजुरामा मतगणना सुरु हुन सकेको छैन । सर्वदलीय बैठकमा नेकपा एमाले नगएपछि मतगणना सुरु हुन नसकेको हो ।

नेकपा एमाले बाहेक सबै दलका प्रतिनिधिहरू सर्वदलीय बैठकमा सहभागी भएका थिए । बिहीबार बिहान ७ बजे पुन: सर्वदलीय बैठक बोलाइएको जानकारी दिइएको छ ।

एमालेले भने चेतन ऐडीको हत्यामा संलग्नलाई कारबाही नगरेसम्म बैठकमा सहभागी नहुने मतगणना पनि हुन नसक्ने बताउँदै आएको छ ।

मंसिर ४ गते कांग्रेसका कार्यकर्ताले कुटपिट गरेर अनेरास्वबियुका नेता ऐडीको हत्या गरेका थिए ।