२९ आश्विन २०८३, बिहिबार

जहाजभित्र धुँवा निस्किएपछि नेपाल वायु सेवा निगमको विमान बंगलादेशमा आकस्मिक अवतरण

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । काठमाडौंबाट थाइल्याण्डको बैंककका लागि उडेको नेपाल वायु निगममको न्यारोबडी विमान बंगलादेशमा आकस्मिक अवतरण गरेको छ ।

आर ए ४०१ उडान नम्बरको विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ निस्किएको संकेत बत्ती ककपिटमा देखिएपछि विमानलाई नेपाली समय अनुसार साँझ पौने ६ बजे चटगाउ विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

विमानमा १ सय ५२ यात्रु सवार रहेका थिए । विमानमा के समस्या आएको भन्ने अहिलेसम्म निर्क्योल हुन सकेको छैन । विमान तत्काल नउड्ने भएपछि यात्रुहरु अलपत्र परेका छन् ।