
काठमाडौं, १४ मंसिर । बैतडीमा एक युवतीको घाँटी रेटेर हत्या गरिएको छ । पञ्चेश्वर गाउँपालिका-४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्या गरिएको हो।
अर्की युवती १५ वर्षीया नेहा लुहार भने घाइते अवस्थामा फेला परेकी छिन् । मायाको शव शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिरनजिकै भेटिएको र नजिकै नेहा घाइते अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउनका लागि भन्दै गएका उनीहरु नफर्केपपछि खोजी गर्दा एक जनाको हत्या भएको र अर्की घाइते अवस्थामा फेला परेका हुन् ।
थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया