
काठमाडौं, १४ मंसिर । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन पुगेका नगरप्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न जिल्ला प्रकाशन कार्यालय काठमाडौंले निर्देशन दिएको छ ।
सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको भन्दै काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दिएको थियो ।
बुधबार जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गर्ने नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
सुकुम्बासीको आक्रमणमा परेर नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३५ प्रहरी घाइते भएका थिए ।















प्रतिक्रिया