२९ आश्विन २०८३, बिहिबार

बागमती किनारका सुकुम्बासी आज पनि उत्रिए प्रदर्शनमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । उचित बिकल्पबिन नै आफुहरुलाई हटाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्बासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

संयुक्त राष्ट्र सुकुम्बासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपदेखि बिभिन्न स्थानसम्म विरोध प्रदर्शनसहित र्‍यालीको आयोजना गरेका हुन् ।

उनीहरुले आफुहरुको वस्ती हटाउने महानगरको कामको विरोध गर्दै नाराबाजी गरेका थिए । राज्यले यसअघि सुकुम्बासीसंग गरिएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।

सोमबार काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा झडप भएको थियो ।