२९ आश्विन २०८३, बिहिबार

बैंक अफ काठमाण्डूलाई दुई करोड बढी जरिवाना, सिइओलाई सचेत

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले बैंक अफ काठमाण्डूलाई दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना गराएको छ ।

बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बैंकले तोकेअनुसार प्रवाह नगरेपछि राष्ट्र बैंकले जरिवाना गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विपन्न वर्ग कर्जा कुल कर्जाको कम्तीमा ५ प्रतिशत प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

उक्त मापदण्ड नपुगेको खण्डमा केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कारबाही वा जरिवाना गर्नसक्ने व्यवस्था छ।

बैंक अफ काठमाण्डूले केन्द्रीय बैंकले रोक्का राख्न निर्देशन दिएका खाताहरूमा पनि कारोबार गरेको पाइएपछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणलाल मास्केलाई बोलाएर सचेतसमेत गराएको छ ।