२९ आश्विन २०८३, बिहिबार

सुनसरीको दुहबीमा एमालेको र्‍यालीमा ढुंगा प्रहार भएपछि तनाव

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । सुनसरीको दुहबीमा नेकपा एमालेको विजय र्‍यालीमा आक्रमण हुँदा स्थिती तनावग्रस्त बनेको छ ।

एमालेबाट विजयी भगवती चौधरी, प्रदेश सभा सदस्यमा निर्वाचित रोहितबहादुर कार्कीको विजय र्‍यालीमा आक्रमण भएको हो ।

र्‍यालीमा आक्रमण गरेपछि एमालेका कार्यकर्ताले आक्रमणकारीमाथि जाइलाग्दा दोहोरो झडप भएको थियो । ढुंगा प्रहारबाट एमालेका ३ कार्यकर्ता घाइते भएका छन् ।

अहिले स्थिती नियन्त्रणमा आएको र त्यसक्षेत्रमा व्यपार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।