२९ आश्विन २०८३, बिहिबार

चेतन ऐडीको हत्यामा संलग्न थप २ जना पक्राउ

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ मंसिर । बाजुराको त्रिवेणी नगरपालिका-७ का अनेरास्वबियुका नेता चेतन ऐडीको हत्यामा संलग्न थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंसिर ४ गते निर्वाचनका दिन ३२ वर्षीय ऐडीको कांग्रेस कार्यकर्ताहरुले घरमै कुटपिट गरि हत्या गरेका थिए । घटनामा संलग्न रहेको अभियोगमा मंगलबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

दुई जनालाई भने गत बिहिबार नै पक्राउ गरेको थियो । चेतनका आफन्तले २२ जनाका नाममा किटानी जाहेरी दिएका छन् ।