मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

फिफा विश्वकप: आज कति बजे कुन-कुन देश भिड्दैछन् ?

दैनिक नेपाल २०७९ मंसिर १४ गते ११:०६

काठमाडौं, १४ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरु हुँदैछन् ।

जसमा समूह ’सी’ र समूह ‘डी’ का दुई/दुई खेल हुनेछन् । पहिलो दुई खेलमा समूह ’डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बाट शुरु हुनेछ ।

यस खेलहरुबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२:४५ मा हुनेछ । यस खेलहरुबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित