२९ आश्विन २०८३, बिहिबार

बालेनले फर्काए ओलीलाई जवाफ

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । काठमाडौंका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जबाफ फर्काएको विषयले यतिबेला सामाजिक सञ्जाल तरंगित भएको छ ।

काठमाडौंको सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्दै एमाले अध्यक्ष ओलीले सुकुम्बासी समस्यालाई दीर्घकालिन समाधान गर्नुपर्ने बताएका थिए ।

गरिबहरुमाथि दमन भएको भन्दै एमाले अध्यक्ष ओलीले उन्मादले देश चल्न नसक्ने बताएका थिए । तर, ओलीलाई तत्कालै सामाजिक सञ्जालमार्फत बालेनले जबाफ दिएका छन् ।

बालेनले २०४७ साल यता १४ वटा आयोग बने पनि काठमाडौंको सुकुम्बासी समस्या समाधान नभएको बताएका छन् । परिस्थिति फेरिएको बताउँदै बालेनले सकेको सहयोग गर्न ओलीलाई आग्रह समेत गरेका छन् ।

बालेनले जबाफ फर्काएपछि यतिबेला सामाजिक सञ्जाल पक्ष र बिपक्षमा बाँडिएको छ । कसैले ओलीको तर्क ठीक छ भनेका छन्, कतिले बालेनलाई समर्थन गरेका छन् ।

बालेनको प्रतिक्रियालाई तीन घण्टामै १४ हजार भन्दा बढीले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।