२९ आश्विन २०८३, बिहिबार

अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन युद्धबारे वार्ता हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोँबीच युक्रेन युद्धबारे वार्ता हुने भएको छ ।

राष्ट्रपति बाइडेनले कार्यभार सम्हालेपछि पहिलोपटक फ्रान्सेली राष्ट्रपति म्याक्रोँ अमेरिकाको राजकीय भ्रमणका लागि जाँदैछन् ।

कोभिड महामारीका कारण रोकिएको फ्रान्सेली राष्ट्रपतिको भ्रमणका क्रममा महामारीका कारण उत्पन्न समस्या समाधान, युक्रेन युद्धले विश्वभर पारेको प्रभाव, युक्रेनलाई आर्थिक एवम् सैन्य सहयोग उपलव्ध गराउने, पारस्परिक सम्बन्ध विस्तार, विगतमा बिग्रेको दुई देशबीचको सम्बन्ध सुदृढीकरणलगायत समसामयिक विषयमा नेताद्वयबीच विचारविमर्श हुनेछ ।

ह्वाइट हाउसले अष्ट्रेलियालाई आणविक पनडुब्बी बेच्ने सम्झौताको घोषणा गरेपछि राष्ट्रपति म्याक्रोँले फ्रान्समा निर्मित डिजेलबाट सञ्चालन हुने पनडुब्बी बेच्ने सम्झौतालाई कमजोर पारेको अभिव्यक्ति दिँदा दुईदेशीय सम्बन्धमा चिसोपन आएको थियो ।

ओभल अफिसमा हुने वार्तामा इरानको आणविक कार्यक्रम, हिन्द–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावबारे पनि छलफल हुने अमेरिका र फ्रान्सका अधिकारीले बताएका छन् ।