काठमाडौँ, २९ बैशाख । मंगलबारको शक्तिशाली भूकम्पपछि घरले पुरिएकी दोलखाकी एक बालिकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
दोलखाकी पाँच बर्षीया बालिका शर्मिला तामांगलाई काठमाडौँ ल्याइएको हो । भूकम्प गएर घरले किचेपछि उनलाई खनेर निकालिइएको थियो । बालिकाको टाउकोमा गम्भीर चोट छ । बालिकासँगै उनकी आमालाई पनि सेनाको हेलिकप्टरले काठमाडौँ ल्याएको छ । घटनाको विस्तृत विवरण खुलेको छैन ।















प्रतिक्रिया